FAQs Complain Problems

चाैकुने गाउँपालिकाकाे केन्द्र रहेकाे स्थान गुटु वडा नं ६,७,८ काे दृस्यालोकन

Read More

वडा नं ३ शाेभानचाैर कर्णाली माथी रहेकाे सुर्खेत र कैलाली जाेड्ने पुल

Read More

ऐतिहासिक चिनारी तथा नामाकरण

सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित चौकुने गाउँपालिका साविकका लगाम, बेतान¸ विजौरा¸गुटुर घाटगाउँ गा वि स हरु  मिलेर बनेको हो । चौकुने गाउँपालिकाको अक्षांश २८० ४४’ २५’’ उत्तर देखि २८० ५८’ ४१’’ उत्तर सम्म र देशान्तर८०० ५८’ ५७’’ पूर्व देखि ८१० २१’ १५’’ पूर्व सम्म फैलिएको छ ।  यस गाउँपालिकाको २०६८ सालको राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या २५ हजार २ सय ४० जना रहेकोमा १२ हजार २ सय १४ जना पुरुष र १३ हजार २६ जना महिला रहेका छन् । यसको  क्षेत्रफल करिब ३८१.०३ वर्ग कि मि  रहेको छ । सुर्खेत जिल्ला भएर बग्ने भेरी नदी र कर्णाली नदीले लगाम जस्तो गरी यस गाउँपालिकालाई बेरेर बगेका छन् । यस क्षेत्रमा पर्यटन, कृषि, पशुपालन,र्‍याफटिङ्ग व्यवसायको उच्च सम्भावना रहेको छ । यस गाउँपालिकामा जातिय रुपमा मिश्रित बसोबास रहेको छ । बिशेषगरी ब्राह्मण, क्षेत्री, मगर, दलित, राजीहरुको बसोबास रहेको छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाईन्छ । यस क्षेत्रमा चोइटिलो फुस्रो माटो भएको र अधिकांश जमिन भिरालो र कृषि कार्यको लागि अनुपयुक्त भएको हँुदा यस क्षेत्रका मानिसहरु जिविकोपार्जनका लागि कृषिमा भन्दा ज्यालादारीमा काम गर्नका लागि भारत तर्फ जानेगरेको देखिन्छ । साविकको गुटुगा.वि.स. वडा नं ६ मा रहेको चौकुने पहाडको बिचमा चारकुना मिलेर बनेको क्षेत्रको पहिचानबाट यस गाउँपालिकाको नाम चौकुने नामाकरण भएको हो । हाल उक्त क्षेत्र चौकुने सिमेन्ट उद्योगको नामले समेत प्रसिद्ध रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको गुटुगाविस वडा नं. ६ मा रहेको छ ।

चौकुने गाउँपालिका लगाम, बेतान, बिजौरा, गुटुर घाटगाउँ गरी पाँचवटा साबिककागाउँ विकास समिति मिलेर  बनेको गाउँपालिका हो । । चौकुने गाउँपालिकालाई दशवटा वडामा बिभाजन गरिएकोछ  । पुरानो लगाम गाउँ विकास समितिका वडा नं ३,४,५र ६ लाई चौकुने गाउँपालिकाको वडा नं १ र वडा नं १,२,७,८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं  २ कायम गरिएकोछ । बेतान गाउँ विकास समितिका १ देखि ९ वटा वडाहरुलाई चौकुने गाउँपालिकाको  वडा नं ३ र  बिजौरा गाउँ विकास समितिका वडा नं १,२,७,८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं ४ र वडा नं ३,४,५र ६ लाई चौकुने गाउँपालिकाको वडा नं  ५ कायम गरिएकोछ । त्यसैगरी गुटुगाउँ विकास समितिका वडा नं १,२,३,४ लाई चौकुने गाउँपालिकाको वडा नं ६ र वडा न ५,६,७ लाई चौकुने गाउँपालिकाको वडा नं  ७ र वडा न ८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं ८ कायम गरिएकोछ । घाटगाउँगाउँ विकास समितिका वडा नं ५, ७, ८ र ९ लाई चौकुने  गाउँपालिकाको वडा नं  ९  र वडा नं १,२,३,४,६ लाई चौकुने गाउँपालिकाको वडा नं  १० कायम गरिएकोछ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
Email:
sumanacharyaa49@gmail.com
सूचना तथा संचार प्रविधि अधिकृत
Email:
budhabiam109@gmail.com

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- -
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यालय र गाउँपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. छोरीको जन्म दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
२. अभिभावकमध्ये एक वा दुवै जनाको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
३. छोरीको पासपोर्ट साइजको फोटो थान – ६
४. अभिभावक वा संरक्षकको पासपोर्ट साइजको फोटो थान – ६
५. बैकल्पिक स्याहारमा रहेको छोरीको हकमा संरक्षण गर्ने संस्थाले संरक्षकत्व ग्रहण गरेको अवस्थामा
संरक्षकत्व गरेको प्रमाणको प्रमाणित प्रतिलिपि र संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।
६. व्यक्ति संरक्षक भएको अवस्थामा व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकत्व ग्रहण
गरेको प्रमाणको प्रतिलिपि ।
७. अस्पताल वा स्वास्थ्य केन्द्र वा तालिम प्राप्त सँुडेनीको सेवावाट प्रसुती भएको भए सम्भव भएमा
सोको प्रमाणपत्रको प्रतिलिपि । 

सेवा प्रकारः-
सेवा समयः- प्रमाणपत्र पुगेमा
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू ५०
आवश्यक कागजातहरुः-

१ सुचककाे नागरिकता प्रमाणपत्र
२ परिवार सदस्यहरुकाे नागरिकता प्रमाणपत्र
३ जग्गाधनी प्रमाणपत्र
४ नागरिकता नभएका परिवार सदस्यहरुकाे हकमा जन्मदर्ताकाे प्रमाणपत्र

सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुगेमा
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वड कार्यालय
सेवा शुल्कः- रू५०
आवश्यक कागजातहरुः-

१ दुलाहा दुलहिकाे बाबु/ अामाकाे नागरिकता प्रमाण
२ दुलाहा दुलहिका नागरिकता प्रमाणपत्र
३ दुलाहा दुलहीकाे फाेटाे

४  ३ पुस्ते जानकारी

सेवा प्रकारः-
सेवा समयः- प्रमाणपत्र पुगेमा
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू ५०
आवश्यक कागजातहरुः-

१ पति/पत्नी दुवैकाे नागरिकता प्रमाण पत्र
२ अदालतबाट सम्वन्ध बिच्छेद भएकाे फैसलाकाे प्रमाणित प्रतिलिपि
३ सुचककाे नागरिकता प्रमाणप

सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुगेमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू ५०
आवश्यक कागजातहरुः-

१ मृतककाे नागरिकताकाे प्रमाणपत्र
२ सुचककाे नागरिकता प्रमाणपत्र
३‍ मृतककाे ३ पुस्ते जानकारी

सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुगेमा तुरून्त
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालण
सेवा शुल्कः- जन्मेकाे ३५ दिन भित्र गरेमा निशुल्क ,त्यसपछि रू ५०
आवश्यक कागजातहरुः-

१‍ बाबु अामाकाे नागरिकता प्रमाणपत्र
२‍ बिवाह दर्ताको प्रमाणपत्र
३‍सुचककाे नागरिकता प्रमाणपत्र

जानकारी